महिला हिंसाविरुद्ध महिला जागरुक हुनु, पारिवारिक जीवनशैलीमा परिवर्तन हुनु, आर्थिक पक्षमा श्रीमान श्रीमतीबीच कुरा नमिल्नुजस्ता कारणले सम्बन्ध बिच्छेदको घटनामा बृद्धि भएको हो ।
कैलालीमा प्रत्येक वर्ष सम्बन्ध बिच्छेदको घटनामा बृद्धि हुँदै गएको कैलाली जिल्ला अदालतले जानकारी दिएको छ । सम्बन्ध विच्छेदमा पुरुषभन्दा महिला बढी अग्रसर देखिएको जिल्ला अदालतको मुद्दा दर्ताको तथ्यांकले देखाएको छ ।
सानै उमेरमा विवाह गर्नु, पति पत्नीबीचको सम्बन्ध बिग्रिनु, वैदेशिक रोजगारजस्ता कारणले सम्बन्ध विच्छेदको घटना बढाएको नेपाल बार एशोसिएसन कैलालीका सचिव हिमालय विक्रम बिष्टले बताए ।
कैलाली जिल्ला अदालतमा बर्सेनि सम्बन्ध बिच्छेदका मुद्दाको चाप बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षमा ९८ र गत आर्थिक वर्षमा १ सय २६ मुद्दा फर्छ्यौट भएको अदालतले जानकारी दिएको छ । ५३ ओटा सम्बन्ध बिच्छेदका मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतका तहसिलदार नरबहादुर नेगीले बताए ।










प्रतिक्रिया दिनुहोस्