Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


डा. केसीसँगको सम्झौता पालना नभएसम्म संसद चल्न नदिने कांग्रेसको अडान


0
Shares

काठमाडौं, माघ १० । नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग भएका सम्झौताहरु अक्षरशः पालना नभएसम्म संसदको काम–कारबाही अघि बढ्न नदिने अडान दोहोर्‍याएको छ ।

कांग्रेस केन्द्रीय कार्यासमितिको बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई संघीय सरकारअन्तर्गत् राख्नुपर्ने माग पनि राखेको छ ।

यी दुईओटा माग पूरा नभएसम्म संसद चल्न नदिने निर्णय कांग्रेस बैठकले गरेको हो ।

बैठकमा नेविसंघको वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप्ने विषयमा पनि छलफल भएको छ ।

विरोध प्रदर्शन

यसैबीच, पार्टीको बैठक चलिरहेका बेला नेपाल विद्यार्थी संघको एउटा पक्षले पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा सहभागीले नेविसंघको कार्यसमितिको म्याद पटक–पटक थपिएको भन्दै महाधिवेशन गरेर विवाद टुंगो लगाउनुपर्ने माग गरेका थिए ।