Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


ट्रक चालकलाई अनिवार्य परिचय पत्र


0
Shares

राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिले ट्रक चालकलाई परिचय पत्र वितरण गर्न थालेको समितिका प्रशासनिक सचिव उमेशचन्द मजगैयाले जानकारी दिए ।

समितिमा आबद्ध ट्रक चालकले आफ्नो परिचय पत्र साथमा लिएर मात्र गाडी चलाउन पाउने छन् ।

मजगैयाका अनुसार चालकले सहचालक तथा अन्य जोकसैलाई गाडी चलाउन दिँदा लापर्बाहीका कारण दुर्घटना हुन सक्ने भन्दै दुर्घटना रोक्नका लागि ट्रक चालकलाई मात्र अनुमति परिचय पत्र प्रदान गरिएको हो ।

“चालकलाई अनिवार्य परिचय पत्रको व्यवस्था गरेका छौँ, हाल ४०० को हाराहारीमा परिचय पत्र वितरण भइसकेको छ,” उनले भने ।

समितिमा गाडी दर्ता भई सञ्चालन भएका ट्रकका चालकलाई परिचय पत्र अनिवार्य गरिएको छ । भदौ १ गतेदेखि समितिले यसमा कडाइ गर्ने जनाएको छ । रासस