यसअघि मन्दिर व्यवस्थापन समिति र हलेसी विकास समितिले लिएको शुल्क व्यवस्थित र पारदर्शी नभएको भन्दै शुल्क नलिन निर्देशन दिएको हो । नगरपालिकाले दिएको निर्देशन लगत्तै शुल्क लिन छाडिएको विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए ।
हलेसीबाट सिमित व्यक्तिले फाइदा उठाइरहेकाले तत्काललाई शुल्क नलिन निर्देशन दिइएको नगरपालिकाका मेयर ईवन राईले बताए ।
मन्दिर व्यवस्थापन समिति र विकास समितिले यसअघि महादेवथानमा अघोषित रुपमा मोटो रकम र बसाहाथानमा घोषित रुपमै प्रतिव्यक्ति दश रुपैयाँ लिने गरेको थियो । हलेसीका स्थानीयले यसअघि त्यहाँ आउने भक्तजन तथा पर्यटकबाट विभिन्न बहानामा चर्को शुल्क लिने गरेको गुनासो तिब्र रुपमा आउने गरेको थियो ।
यसैबीच विश्वको ध्यान खिच्न सफल हलेसीमा पम्पिङ प्रविधिबाट खानेपानी तान्ने योजनाको काम अन्तिम चरणमा पुगेको छ । हलेसीमा नजिकै पानीका कुनै पनि मुहान नभएपछि ४ सय ९० मिटर तल पर्ने नगरेखेतस्थित मुहानबाट पम्पिङ प्रविधिबाट खानेपानी तान्ने योजनाको काम अन्तिम चरणमा पुगेको हो ।
मुहानमा ४० हजार लिटरको ट्याङ्की बनाइएको खानेपानी योजनाका लागि ६३ एमएमको जिआई पाइप बिच्छ्याइएको उपभोक्ता समितिले जनाएको छ । पम्पिङ गरेर सञ्चालन गर्न लागिएको योजनाबाट मन्दिर सरसफाई, भक्तजनका लागि धारा, सार्वजनिक शौचालयमा पर्याप्त पानी हुने तथा स्थानीयबासीलाई समेत वितरण गरिने समितिले जनाएको छ ।
नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयको रु ५९ लाखको लागतमा निर्माणाधीन योजनाको ट्याङ्की निर्माण, पाइप बिच्छ्याउने र विद्युत जडानको काम सकिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । हलेसी आउने भक्तजन तथा पर्यटकलाई पहिलो प्राथमिकतामा राखेर निर्माण कार्य सुरु गरिएको खानेपानी योजना सञ्चालनपछि बजारको खानेपानी समस्यासमेत समाधान हुने अपेक्षा गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताए ।
करिब साँढे ४०० घर परिवार बसोबास गर्ने हलेसीमा यसअघि बसाहा गुफादेखि पश्चिमपट्टी रहेको पानीको मुहानबाट पम्पिङ प्रविधि अपनाएर खानेपानी विस्तार गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल मानिने हलेसीको चौतर्फी विकासका लागि नगरपालिकाले दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने तयारी गरिएको मेयर ईवन राईले बताए ।










प्रतिक्रिया दिनुहोस्