Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


विराटनगरमा गाईजात्रा (१६ तस्वीर)


0
Shares

गाईजात्राका अवसरमा विराटनगरको झीः पुचको कार्यालयबाट निकालिएको र्‍यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

गाईजात्रा विशेषगरी नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व मानिन्छ । गाईजात्रामा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर सहर परिक्रमा गर्ने चलन छ ।

यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

विराटनगरमा पछिल्लो समयमा सबै जात–जाति र समुदायका मानिस गाईजात्रामा सहभागी हुन थालेपछि यसको महत्वसमेत बढ्दै गएको छ ।

मृतकका परिवारले सम्भव भएसम्म घरको सबैभन्दा कान्छो सदस्य छोरा भए छोरा नभए छोरीलाई सिंगारेर गाईको स्वरुप मान्दै विराटनगरमा भीक्षा माग्दै महानगरको परिक्रमा गरिएको थियो ।