Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


बार र बेन्च एक रथका दुई पांग्रा : प्रधानन्यायाधीश पराजुली


0
Shares

पराजुलीको सम्मानमा मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनले ‘बार र बेन्च एक रथका दुई पांग्रा हुन्’–भने ।

छिट्टै सो क्षेत्रका एक दर्जन कानुन व्यवसायीलाई वरिष्ठ कानुन व्यवसायी बनाउने पनि उनले बताए ।

आफू प्रधानन्यायाधीश भएपछि जारी गरेको ३९ बुँदे कार्यक्रमले न्याय क्षेत्रमा धेरै सुधार ल्याउने पराजुलीको दाबी थियो ।

उनले भने–‘न्यायाधीशको अतिरिक्त समयदेखि लिएर बिदाको दिन बेन्च बस्ने र विधागत सुनुवाइका मुद्दा एकैपटक हेर्ने व्यवस्था हुँदैछ ।’

कार्यक्रममा पोखरा उच्च बार र कास्की जिल्ला बारले प्रधानन्यायाधीश पराजुली र सर्वाेच्चका मुख्य रजिस्टार नहकुल सुवेदीलाई सम्मान गरेको थियो ।

मंगलबारै प्रधानन्यायाधीश पराजुलीले पोखरा उच्च अदालत र कास्की जिल्ला अदालतको निरीक्षणसमेत गरे ।