सरिताको काठमाडौंको लगनस्थित घरैमा पुगेर सूरसुधा समूहले १३ हजार १०० रुपैंयाँ आर्थिक सहयोग गरेको हो ।
सहयोग हस्नान्तरण गर्दै सूरसुधाका संस्थापक तबलावादक सुरेन्द्र श्रेष्ठले आफूले अहिलेसम्म गरेको मेहनतबाट कमाएको पहिचानभन्दा सरिताको कर्म निकै उच्च रहेको उल्लेख गरे ।
छोरी सरिता, बुबा हिराकाजी महर्जन र आमा मञ्जुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दैै सूरसुधाले गर्ने कार्यक्रमहरुबाट पनि निरन्तर सहयोग गर्ने र सहयोगका लागि आग्रह गर्ने पनि उनले बताए । यो ऐतिहासिक घटना हो भन्दैै सरीताले सबैलाई गर्वित बनाएको पनि श्रेष्ठले बताए ।
कलेजो दान गरेकी छोरी सरिताले बुबाको अवस्था निकै नाजुक र भारतमा उपचारको लागि १ करोड ५० लाख जति रकम आवश्यक हुन्छ भनेपछि हिम्मत हारेको बताईन् ।
‘मध्यम वर्गीय परिवारको लागि असामान्य नै भएपनि नेपालमै उपचार हुने भएपछि हामीले उपचार अगाडी बढाउने निर्णय गर्यौं’, उनले भनिन् । गत असार १८ गते कलेजो प्रत्यारोपण गरिएको थियो ।
प्रत्यारोपण पश्चात निरन्तर औषधी उपचारका लागि विभिन्न ब्यक्ति, संघसंस्थाको सहयोगले सम्भव भएको भन्दै बुबाको औषधी उपचार र स्याँहार ६ महिनासम्म निकै संवेदनशील भएर गर्नुपर्ने पनि उनले बताइन् ।
‘कलेजो प्रत्यारोपण पूर्व मेरो मनमा म बुबालाई कसरी बचाउन सक्नु भन्ने मात्र थियो ।
त्यसैले म कलेजो दिन्छु भन्नेमा निश्चित थिएँ तर अपरेशन अघि भने केही डराए’, उनले अनुभव साट्दै भनिन, ‘चिकित्सकहरुले प्रत्यारोपण अघि ९९ प्रतिशत जोखिम रहेको बताएको थियो । अपरेशन सफल भयो ।’
अपरेशन पश्चात बुबाकै नाम बरबराइरहेकी रहेछु र होशमा आएपछि पहिले बुबालाई नै हेर्ने, भेट्न चाहेँ । भेटेँ ।” सरिताले स्मरण गरिन् ।
आफूलाई हिडडुल गर्दा दुख्ने गरेको भएपनि स्वास्थ्य लाभ भइरहेको सुनाउँदै बुबालाई इन्फेक्सनको सम्भावना रहेको कारण कसैसँग भेट गर्न नदिएको पनि सरिताले बताइन् ।










प्रतिक्रिया दिनुहोस्