वर्षाका कारण गत बिहीबार ३५ घर डुबानमा परेपछि उनीहरुलाई स्थानीय वीरेन्द्र निमावि सोमनीमा आश्रय दिएर राखिएको छ ।
घरमा पसेको पानी नघटेकाले उनीहरु घर फर्कन नसकेको गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताए ।
वितरण गरिएको राहत पनि क्रमशः सकिन लागेकाले खानाको पनि समस्या हुँदै जान थालेको अध्यक्ष शर्माले बताए ।
हरेक वर्ष डुबानमा पर्दै आएको दक्षिण भेगमा यो वर्षको बाढीले प्रतापुरसहित चार गाउँपालिकाका ३ हजार परिवार प्रभावित छन् ।












प्रतिक्रिया दिनुहोस्