मंगलबार काठमाडौं उपत्यकामा रहेका विभिन्न बौद्धबाहाल, बही र बिहारमा राखिएका पुराना दीपंकरबुद्ध, गौतमबुद्ध, बोद्धिसत्व, लोकेश्वर र तारा आदिका मूर्तिहरू गुँलाबाजा बजाउँदै हेर्न जाने परम्परा रहेको छ ।
साथै, सदियौं पुराना पौवा, हस्तलिखित ग्रन्थहरू र मृत पूर्वजले प्रयोग गरेका लुगाफाटाहरुसमेत प्रर्दशन गरिन्छ ।
यस्तै, ताहाचलको खुसिबहीमा तिब्बती लिपिमा सुनले लेखेको बौद्धग्रन्थ अष्टसहस्रिका प्रज्ञापारमिता, बज्रयानी बौद्धगुरु सिद्ध नरोपाको महाशंख र वीरकुश महाराजको कान नभएको मुखौटोसमेत प्रदर्शन गरिएको थियो ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्