Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


अमेरिकामा निर्मित पेस्तोलसहित दुई पक्राउ


0
Shares

पक्राउ पर्नेमा व्यास नपा–१० का रवीन्द्र विन्द्र गिरी र लम्जुङ मध्यनेपाल नगरपालिका–१ का शिवराज गिरी छन् ।

शिवराज गिरीले चलाएको ना ४४ प ४१६५ नम्बरको मोटरसाइकललाई पोखराबाट दमौली आउने क्रममा मादीपुल नजिक पृथ्वीराजमार्ग सडकखण्डमा सुरक्षामा खटिएका प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट अमेरिकामा निर्मित ७१७१ नं. लेखिएको नाइन एमएम पेस्तोल एक थानबरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस