नेवार समुदायले वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा गाईको पूजा गरी झाँकी निकालेर बजार परिक्रमा गर्दै गाईजात्रा पर्व मनाइएको हो ।
गाईजात्रामा विशेषगरी वर्षभरि मृत्यु भएका आफन्तहरुको सम्झना गरिने सिलगढी नेवार समुदायका अध्यक्ष गोविन्द श्रेष्ठले बताए ।
‘गाईजात्रामा वर्षभरि मृत्यु भएका आफन्तहरुलाई सम्झने हो’–उनले भने–‘सम्झनेक्रममा गाईको पूजासहित सबैजसो मृतकका घरबाट एक किसिमको झाँकी निकालेर बजार परिक्रमा गर्ने प्रचलन छ ।’
अरु समुदायका स्थानीय पनि पछिल्लो समय गाईजात्रामा सामेल हुन थालेका छन् ।
मल्लकालमा राजा प्रताप मल्लले राजकुमारको मृत्यु भएपछि विह्वल भएकी रानीलाई सम्झाउन काठमाडौंमा गाईजात्राको सुरुआत गरेका थिए भन्ने किम्बदन्ती रहेको छ ।
छोराको मृत्युबाट रानी निकै विह्वल भएपछि सबैको घरमा मानिस मर्छन्, त्यसलाई असहजरुपमा लिनुहुँदैन भन्ने सन्देश दिन उनले गाईजात्रा सुरु गराएको मान्यता रहिआएको छ ।
गाईजात्रामा धेरैका घरबाट मृत्यु भएको सन्देश पाएपछि रानी शान्त भएको भन्ने किम्बदन्ती छ ।
सिलगढीमा करिब १८औ शताब्दीतिर आएर बसेको नेवार समुदायको बाक्लो बसोबास छ । त्यो समुदायले आफ्नो परम्पराअनुसारका रीतिरिवाजहरु मनाउँदै आएको छ ।


















प्रतिक्रिया दिनुहोस्