Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


पेशालाई मर्यादित बनाए कानुनी क्षेत्रको महत्व बढ्छः प्रधानन्यायाधीश


0
Shares

उच्च अदालत वार र जिल्ला बार एशोसिएशनद्वारा उनको सम्मानमा आज यहाँ आयोजित कार्यक्रममा उनले बार र बेञ्चले एक अर्काको भूमिका बुझ्दै गएमा न्याय सम्पादनमा सहज वातावरण बन्ने बबताए ।

प्रधानन्यायाधीश पराजुलीले अब छिट्टै नै एक दर्जन कानून व्यवसायीलाई वरिष्ठ कानून व्यवसायी बनाउन लागिएको बताउँदै यो काम विधि र प्रक्रियाबाटै सम्पन्न हुने जानकारी दिए ।

आफू प्रधानन्यायाधीश भएपछि जारी गरेको ३९ बुँदे कार्यक्रमले न्याय क्षेत्रमा धेरै सुधार ल्याउने दाबीसमेत उनले गरे ।

सर्वोच्च अदालतका मुख्य रजिस्टार नहकुल सुवेदीले अदालतलाई प्रविधिमैत्री बनाउन लागेको उल्लेख गर्दै अबका दिनमा चिठी र निवेदनबाट मिसिल होइन, अनलाइनबाटै सवै काम हुन्छ भने ।

“अब अदालत मात्रै होइन, कानून व्यवसायी पनि प्रविधिमैत्री हुनुपर्दछ,” उनले भने ।

वरिष्ठ अधिवक्ता तिलकप्रसाद आचार्य, अधिवक्ता विष्णु कुशल भुजेल, विश्व घिमिरे, कृष्णप्रसाद तिमिल्सिना, सुरेन्द्र थापा मगर, कल्पना बराल र शिव वाग्लेलगायतले बार र बेञ्च एक अर्काका परिपूरक भएकाले दुबै क्षेत्रको विकासमा जोड दिनुपर्ने आवश्यकता औल्याए। रासस