पाटन नगरपालिका–१ सकारकी ३५ वर्षीया हरिना बिक मृत फेलापरेकी हुन् ।
सोमबार घाँस काट्न भनी घरबाट हिँडेकी उनी साँझ घर नफर्केपछि खोजतलास गर्दा मंगलबार दिउँसो पाटन नगरपालिका–१ स्थित सुर्नया नदीकिनारमा मृत फेलापरेको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्