तर सुखसँग बाच्नुको त कुरा परै जाओस एक छाक टार्न र एक रात बिताउन पनि ओत लाग्ने ओबानो छैन बैतडी दशरथचन्द नगरपालिका ८ त्रिपुरा र्यासीका ५८ बर्षिय हरीराम दमाईको दम्पतीलाई ।
श्रीमान श्रीमती दुबै बोल्न नसक्ने अर्थात जन्मजात नै अपाङगता भएर जन्मिएका थिए । बिहे भएको केही बर्षपछी एउटा छोरा जन्मिएको थियो तर जन्मिएको १३ दिनमै मृत्यु भयो र त्यपछी कुनै पनि सन्तान जन्मिएनन् ।
बुढेसकालको साहारा छोराछोरी नहुँदाको पिडा एकातिर खेप्नुपरेको छ भने अर्कोतिर बिहान खाएर साँझ के खाने अनि कहाँ बस्ने भन्ने चिन्ताले अर्कौतिर पिरोलिरहेको हुन्छ ।
छिमेकीसँग मागेर दैनिकी गुजारा गरिरहेका हरिरामको दम्पती राती सुत्नलाई नजिकै रहेको त्रिपुरा सुन्दरी मन्दिर जाने गरेका छन । मन्दिरमै दमाहा बजाउने र आउँने भक्तजनहरुबाट मागेर दैनिक गुजारा गरिरहेका छन ।
दलित समुदायका हरिरामकी ५६ बर्षिया श्रीमती भानादेवी दमाई पनि जन्मजात नै अपाङगता तथा बोल्न नसक्ने छिन् ।
‘जनता आवास’ कार्यक्रम अन्तर्गत फारम भरेको भएपनि जमिन आफ्नो नाममा नहुँदा छनोट हुन सकेन । हरिराम दम्पतीले साँझ बिहान मागेरै गुजारा गर्ने गरेको स्थानिय बासिन्दा सुशील क्षेत्रीले बताए ।
जनता आवास कार्यक्रममा फारम भरेको भएपनि हरिरामको काकाको नामको लालपुर्जा हुँदा छनोट हुन नसकेको भन्ने सुनेका छौ उनले भने, ‘स्थिती हृदयविदारक छ, सन्तान छैन, खान बस्न र जमिनकोे त कुरै छोडौं ।’
बर्षातको समयमा न त बस्नलाई ठाउँ छ सानो घर थियो त्यो पनि भत्किएको र जिर्ण अवस्थामा रहेको छ ।
बर्षातको समयमा ओत लाग्न नगरपालिकाको पहलमा स्थानिय युवाले एउटा त्रिपाल हालेर मकैबारी छेउमा सानो झुपडी बनाइदिएका छन् ।

बोल्न नसक्ने भएपनि हातको इसाराले मागेर साँझ बिहानको छाक टार्ने गरेको अर्का स्थानिय उद्घव चन्दले बताए ।
‘हामीहरुले दैनिक रुपमा खानको व्यवस्था गरिदिने गरेका छौं’ उनले भने, ‘हरिरामको यस्तो अवस्था हुँदासम्म पनि कसैको ध्यान पुगेको छैन ।’ गरिब र असहायलाई हेर्ने निकाय नै नभएको स्थानियको आरोप रहेको छ ।
निर्वाचनका बेला विभिन्न आश्वासन दिएर भोट मागेका जनप्रतिनिधिले समेत खासै पहल नगरेको स्थानीयको गुनासो रहेको छ । मतदाता नामावलीमा समेत नाम भएका हरिराम मतदानमा सहभागी भएका थिए ।
दशरथचन्द नगरपालिका नगरकार्यपालिका सदस्य तथा स्थानिय बासिन्दा डम्वर टमटाले जनता आवास कार्यक्रमको लागी निवेदन दिएको भएपनि आफु निकटका मान्छे मात्र छनोटमा परेको उनको आरोप रहेको छ ।
दशरथचन्द वडा नं ८ का नवनिर्वाचित वडा अध्यक्ष सुरेस सिंह थापाले अहिलेको वडापरिषदवाट हरीराम समस्यालाई संबोधन गरिने बताए ।
१० दिनभित्र नै हरीरामको पुर्नस्थापनाको लागी नगरपालिकाले पहल चाल्ने दशरथचन्द नगरपािलकाका नगरप्रमुख नरेन्द्र सिंह थापा बताए । हरिरामको घर र थप आर्थिक सहयोग गरिने समेत उनले बताए ।










प्रतिक्रिया दिनुहोस्