मतदाता परिचयपत्र बनाउन नागरिकताको प्रमाणपत्र अनिवार्य चाहिने भएका उनीहरु निर्वाचनमा सहभागि हुने इच्छा राख्दै नागरिकता लिन उत्साहित भएका हुन् ।
बषौंदेखि नागरिकताको प्रमाणपत्र नबनाइ बसेका मुस्लिम र मधेसी महिला अहिले मतदाता परिचय पत्र बनाउन कै लागि पनि धमाधम नागरिता लिइरहेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गरी गत साउन १ गतेदेखि निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलन गरे यता मुस्लिम र मधेसी महिलाको नागरिकता बनाउने क्रम बढेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
अहिले नागरिकता बनाउन आउनेहरुको भीड नै लागेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयले पनि फोटोसहितको मतदाता नामावली बनाउनेको संख्या बढ्दै गएको जनाएको छ ।
साउन १ देखि हालसम्म ६ हजार ९ सय ६५ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत ज्ञानहरी घिमिरेले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्