Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


चिचिलिङ पोखरी संरक्षणको अभावमा सुक्न थाल्यो


0
Shares

सिम्ले, जलजले, ईसिवु र ओयाक्जुङ गाउँको संगममा रहेको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको चिचिलिङ पोखरी उचित संरक्षण हुन नसक्दा सुक्न थालेको हो ।

यो पोखरीको पानी बर्सेनि घट्दै गएको स्थानीयले बताएका छन् ।

पोखरीको मुहान संरक्षण तथा पोखरीको धार्मिक महत्वलाई प्रचार–प्रसार गरेर पर्यटन विकास गर्न सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ ।