भिषणा पहिरो सहित आएको वाढीले रिभानका हुम्दी डाँडा गाउँ र लाम्पाटाका १३ घर वस्न नमिल्ने गरि क्षति पुगेको रिभानवाट देवीलाल लामिछानेले जानकारी दिए ।
गाउँभन्दा माथि लेकमा रहेका गोठालाहरुले पहिरो गएको र चर्को आवाजका साथ वाढी पहिरो वस्तीतिर आउदै गरेको जानकारी गराएपछि गाउँलेहरु समयमै सुरक्षित स्थान तर्फ जान सफल भएकोले मानविय क्षति हुन नपाएको वताइन्छ ।
वाढीले चौपायाहरु वगाएपनि क्षतिको जानकारी प्राप्त हुन सकेको छैन । वाढीले स्थानीय देवीलाल लामिछाने, दण्डवहादुर विक, प्रविण लामिछाने, गंगावहादुर विक, प्रेम विक, राजमान विक, दिननाथ पौडेल, कमला परियार, नरवहादुर विक, काजी विकको घरमा पूर्ण क्षति पुगेको छ ।
त्यस्तै दण्ड आचार्य, सन्तु लामिछाने, भक्तप्रसाद लामिछाने र हिमलाल भुषालकरो घर जोखिममा रहेको छ ।
वाढीले हुम्दीमा रहेका २ वटा मोटरेवल पुल र विजुलीका पोलहरु समेत समेत वगाएको छ ।
अहिले घटनास्थलमा प्रहरी पुगीसकेको र क्षतिको विवरण संकलन गरिरहेको स्थानीय बलराम गिरीले जानकारी दिए ।
वाढीवाट विस्थापित वनेकाहरु अहिले छिमेकी वस्तीहरुमा आश्रय लिएर वसेका छन् ।पोखरा करीव २ घण्टा मोटर साईकलकौ यात्रा पनि सो ठाँउमा पुग्न सकिन्छ ।










प्रतिक्रिया दिनुहोस्