तानसेनका सडकहरुमा गाउँगाउँबाट आएका किसानले बाजागाजासहित रोपाइँ गरेर रोपाइजात्रा गरेका हुन् ।
पञ्चेबाजा र असारेगीतको तालमा युवायुवतीले सडकमा धान रोप्ने र हल गोरु हिँडाउने गर्दा स्थानीयवासीले भरपूर मनोरन्जन लिएका थिए ।
रोपाइँजात्रामा गाउँका साहु–मुखियाको झल्को मेटाउने गरी छाता ओडेर अघिपछि सहयोगी सेना, प्रहरी लगाएर, फोटो खिचेको अभिनय गरेर सहरवासीलाई मनोरन्जन प्रदान गरिएको थियो ।
तानसेन नगरपालिका वडा नम्बर–५ बराङ्दी सामाखुम टोल विकास संस्थाले रोपाइँजात्रा निकालेको हो ।
मल्लकालीन समयदेखि नै तानसेन नगरसँग जोडिएका ग्रामीण भेगका किसानहरुले गाईजात्राको भोलिपल्ट रोपाइँजात्रा आयोजना गर्ने चलन रहेको छ ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्