Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


उत्तर कोरियाली जनताले देखाए देशभक्ति, अमेरिकी धम्कीको विरोधमा प्रदर्शन (फोटो फिचर)


0
Shares

प्योङयाङ्गस्थित किम इल सुङ्ग स्क्यागरमा बुधबार दशौं हजार नागरिक भेला भइ अमेरिकी धम्कीको विरोधमा प्रदर्शन गर्नुका साथै देशभक्तिको सन्देश प्रवाह गरेका हुन् । सेतो पोशाकमा आएका प्रदर्शनकारीहरुले उत्तर कोरियाको झण्डा र सर्वोच्च नेता किम जोङ उनको तस्वीरसमेत बोकेका थिए ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई तहसनहस बनाउने धम्की दिएका थिए । उत्तर कोरियाले पनि अमेरिकी सैन्य बेस क्याम्प रहेको प्यासिफिक द्वीप गुआममा हमला गर्ने योजना बनाएको तथ्य प्रकाशमा आइसकेको छ ।

यही तनावका बीच उत्तर कोरियाली नागरिकले बुधबार देशभक्ति प्रदर्शन गरेका हुन् ।

उत्तर कोरियाका रकेट कमाण्डका प्रमुख जनरल किम राक ग्योमले एक विज्ञप्ति जारी गर्दै गुआम द्वीपलाई निशाना बनाएर उत्तर कोरियाले चार वटा मध्यम दुरीका मिसाइल प्रहार गर्ने तयारी गरिरहेको जानकारी दिएको उत्तर कोरियाको सरकारी संचारमाध्यमले जनाएको हो । (एजेन्सी)

Skip This