Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


‘नुन-तेल’ किन्न जान खोला नै वाधक, पुल नहुँदा समस्या


0
Shares

पुर्चौडी क्षेत्रको मुख्य बजार हाट बसन्तपुर बजार नजिक पुल नहुँदा आवतजावत गर्न समेत जोखिमपुर्ण रुपमा बागागाड खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चौडी ७ कोटिलाका जय वहादुर विष्टले बताए ।

स्थानीय बजार हाट, बसन्तपुर आवतजावत गर्न समेत जोखिमपुर्ण रुपमा खोला तर्नुपर्छ ।

हाट, बसन्तपुर बजार नजिक पुल नहुँदा जोखिमपुर्ण रुपमा बागागाड खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चौडी ७ कोटिलाका अर्जुन जोशीले बताए ।

nuntel2

नुन तेल किन्न समेत हाट, बसनतपुर बजार पुग्नुपर्ने भएकोले बजार नजिकै पुल नहुँदा जोखिम रहेको बताए ।

यसका साथै पुर्चौडी नगरपालिकाको केन्द्रमा पुग्न पनि बागागाड खोला भएकोले बजार नजिकै पुल नहुँदा जोखिमपुर्ण रुपमा खोला तर्नुपर्ने बाध्यता रहेको छ ।

हाटमा रहेको बसन्तपुर बजारलाई पुर्चौडी क्षेत्रको मुख्य बजारको रुपमा रहेको छ ।

पुर्चौडी क्षेत्रका साविकका १० गाविस दैनिक उपभोग्य समान किन्न समेत बसनतपुर बजार जाने गरेका छन ।

nun3