तीर्थ भट्टराई (रासस)
डाभोस (स्वीट्जरल्यान्ड), माघ ९ । विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भियतनामी प्रधानमन्त्री हुअन सुअन फुकले बुधबार बिहान भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा उनीहरुबीच पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा सहयोग विस्तार गर्नेबारेमा छलफल भएको परराष्ट्रसचिव शंकरदास वैरागीले बताए ।
भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र परराष्ट्रसचिव शंकरदास वैरागीको पनि उपस्थिति थियो । रासस









प्रतिक्रिया दिनुहोस्