सप्तकोसी नदीमा पानीको बहाव उच्च, ब्यारेजका ३० ढोका खोलिए « Imagekhabar – Online News Portal of Nepal


सप्तकोसी नदीमा पानीको बहाव उच्च, ब्यारेजका ३० ढोका खोलिए


0
Shares

नदीमा पानीको सतह बढेपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातोझन्डा र रातोबत्ती बाल्नुका साथै ब्यारेजका ५६ मध्ये ३० ओटा ढोका खोलिएका छन् ।

बिहीबार दिउँसो नदीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ५० हजार ५ सय ९० क्युसेक पुगेको जनाइएको छ ।

कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि खतराको संकेत रातोबत्ती बाल्ने गरिन्छ ।