
काठमाडौं, माघ ९ । ‘स्वरकिन्नरी’ तारादेवीको तेह्रौं पुन्य स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
बुधबार काठमाडौंमा तारादेवी स्मृति फाउन्डेसनले गरेको कार्यक्रममा सहभागीहरुले सांगीतिक क्षेत्रमा तारादेवीले पुर्याएको योगदानको चर्चा गर्दै उनको उचित सम्मान गर्नुपर्ने बताए ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कला, संस्कृति, सााहित्य क्षेत्रको श्रीवृद्धिमा समर्पित स्रष्टाहरुको उचित सम्मान गरिने बताए ।
कार्यक्रममा मेयर शाक्यले तारादेवी स्मृति फाउन्डेसनको अक्षयकोषका लागि १० लाख रुपैयाँ प्रदान गरे ।
फाउन्डेसनका अध्यक्ष दीपक केसीले तारादेवीका गीतहरुको संरक्षण र सम्वद्र्धनका लागि सांगीतिक संघ–संस्थाहरुसँग सहकार्य गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा विभिन्न कलाकारहरुले तारादेवीका गीतहरु प्रस्तुत् गरेका थिए ।
जादुगरी स्वरकी धनी गायिका तारादेवीको २०६२ साल माघ १२ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्