नवीन सिंह (इमेज)
जनकपुर, माघ ९ । संघीय सरकारको गलत नीतिको विरोध गर्दै नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले सातओटै प्रदेशमा विरोध प्रदर्शन सुरु गरेको छ ।
सोहीक्रममा बुधबार जनकपुरमा प्रदर्शन गरिएको छ ।
नेपाली कांग्रेसको पार्टी कार्यालयबाट निकालिएको विरोधर्यालीमा सहभागीहरुले सरकारको विरोध तथा निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गरेका थिए ।
विरोधजुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै भानुचोकमा गएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने वक्ताहरुले निर्मला पन्तको हत्यारालाई जोगाउने प्रयास भइरहेको भन्दै बलात्कारको घटनाका प्रमाणहरुसमेत अहिले लोप गराउने खेलमा सरकार लागेको आरोप लगाएका थिए ।









प्रतिक्रिया दिनुहोस्