१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘सिन्धुपाल्चोकको ठोकर्पा सामुदायिक वन विश्वकै नमूना’


0
Shares

सुनकोशी, वडा नं–१ को ठोकर्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सन्चारमन्त्री मोहन बहादुर बस्नेतले ठोकर्पा सामुदायिक वन  विश्वकै  नमूना भएको बताए ।

ठोकर्पा सामुदायिक वनले अन्तर्राष्ट्रिय पहिचान बनाएको भन्दै यसलाई राज्यले विशेष चासोका साथ लनुपर्ने र अनुसन्धानको क्षेत्र बनाउनु पर्ने पनि सन्चारमन्त्री बस्नेतको भनाइ थियो । सोही क्षेत्रका सांसदसमेत रहेका मन्त्री बस्नेतले ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा इमेल, इन्टरनेट पुर्‍याउने काममा आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले सामुदायिक वन क्षेत्रमा इतिहास बोकेको ठोकर्पालाई वन नर्सरीका रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । विसं २०३० मा साविक ठोकर्पा गाविस हाल सुनकोशी गाउँपालिका– १ र २ मा पर्दछ । सो स्थानमा तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीले सामुदायिक वनको सुरुआत गरेका थिए ।

एकदिनको पैदलयात्रा गरी सदरमुकाम चौताराभन्दामाथि रहेको पाल्तेपानी वन नर्सरीबाट गाउँलेले डोकोमा बिरुवा बोकेर वृक्षारोपण गरी पहिलोपटक सामुदायिक वनको सुरुआत गरेका थिए । सुनकोशी गाउँपालिकामा हाल १४ ओटा सामुदायिक वन रहेका छन् ।

सो अवसरमा मन्त्री बस्नेतलाई पूर्वाधार बिकासमा योगदान पुर्‍याएवापत सम्मान समेत गर्नुका साथै सामुदायिक बनका लागि योगदान पुयाएका ब्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।