
२०६९ असार २१ गते बाबुराम भट्टराईनेतृत्वको सरकारका पालामा सुरु भएको उनको अनशन खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल हुँदै शेरबहादुर देउवासम्म आइपुगेको छ । प्रमुख तीन दलदेखि न्यायालयका प्रमुखका हरेक सरकारका पालामा सम्झौता भए तर चाँडै उल्लंघन गरिए ।
पछिल्लो ११औं अनशन बिहीबार १८ औं दिन पुगेको छ । माग पूरा हुने वातावरण अझै बनेको छैन । अनशनका शृंखलासँगै यसका दिनहरूसमेत बढ्दै गएका छन् ।
बुद्धिजीवीहरूले सरकार ‘थेत्तरो’ हुँदै गएको र त्यसको परिणामस्वरूप केसीको जीवन जोखिममा पुगेको बताउन थालेका छन् । दसौं सत्याग्रहमा उनी २२ दिन अनशन बस्नु परेको थियो । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्