Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


ठेकेदारमार्फत दिक्तेल बजारको फोहोर व्यवस्थापन


0
Shares

दिक्तेलबजारका घर, पसल तथा होटलबाट निस्कने फोहोरमैला व्यवस्थापनको जिम्मा कालिका फोहोरमैला व्यवस्थापन तथा प्रशोधन प्रालिले लिएको छ । प्रालिले फोहोरमैला व्यवस्थापनको काम सुरु गरिसकेको छ ।

फोहोरलाई मोहर बनाउँदै स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउने अभियानलाई सफल बनाउन ठेकेदारमार्फत् फोहोरमैला व्यवस्थापन शुरु गरिएको रुपाकोट–मझुवागढी नगरपालिकाले जनाएको छ ।

फोहोरमैला उठाएबापत स्थानीयले व्यवसाय, आम्दानी र प्रकृति हेरेर ठेकेदारलाई मासिक कम्तिमा २५० देखि ५ सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । दिक्तेल बजारबाट १२ किलोमिटर टाढा बनाइएको ल्यान्डफिल साईटमा लगेर फोहोर व्यवस्थापन गरिँदै आएको छ ।