२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अविरल वर्षाका कारण घर भत्किदा दुई जनाको मृत्यु


0
Shares

बिहान करिब २ बजेको समयमा घर पछाडिपट्टीको गाह्रो भत्किदा पुरिएर ७५ वर्षीय जयलाल विक र उनका नाति १३ वर्षीय विवेक विकको घटनास्थलै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

बिहीबार राति ११ बजेसम्म विवेक आफन्तकहाँ टेलिभिजन हेरेर फर्केका थिए । बिहान अबेरसम्म पनि घरमा दुवैजना नउठेको देखेपछि आफन्तले हेर्ने क्रममा पुरिएको अवस्थामा देखेको स्थानीय प्रदिप सुनारले बताए ।

स्थानीय र प्रहरीको सहयोगमा निकालिएको जयलाल र विवेकको शव पोष्टमार्टमका लागि गलकोट प्राथमिक स्वाथ्य केन्द्र हरिचौरमा लगिएको छ ।

यसैबीच गलकोट नगरपालिकाले मृतक परिवारका लागि तत्काल राहत स्वरुप ३० हजार प्रदान गर्ने बताएको छ । घटनास्थलको स्थलगत अवलोकन गरि गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले तत्कालका लागि राहत स्वरुप ३० हजार प्रदान गर्ने जानकारी दिए ।

विकको घरमा जयलालसहित उनका नाति बस्दै आइरहेका थिए ।