बेपत्ता हुनेमा स्थानीय बिष्णु राई, उनकी छोरी सुस्मिता र नातिनी छन् । उनको घरमाथिबाट झरेको पहिरोले पावर हाउस कुर्न बसेका उनीहरुलाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय मिलेर बेपत्ता भएकाहरुको खोजी गरिरहेका छन् ।
राईको घर र बस्तुभाउसमेत पहिरोले बगाएको छ ।
यस्तै फालेलुङ गाउँपालिका–२ एकतीनको चुक्पादिनमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीनवटा घर पुरेको छ । मृत्यु हुनेमा ८० वर्षीय त्रिलोचन विक छन् ।
यस्तै कमल जवेगुको घरखेत र निलु बाँनियाको घर पनि पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्