‘मानव बेचविखनविरुद्ध राज्यले कडा कदम चाल्नुपर्छ’ « Imagekhabar – Online News Portal of Nepal


‘मानव बेचविखनविरुद्ध राज्यले कडा कदम चाल्नुपर्छ’


0
Shares

महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपालले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा अधिकारकर्मीहरुले राज्य संयन्त्र फितलो हुँदा मानव बेचविखनविरुद्धको अभियान सफल हुन नसकेको बताए ।

उनीहरुले मानव बेचविखनविरुद्ध राज्यले कडा कदम चाल्नुपर्ने सुझाव दिए ।

अन्तर्राष्ट्रिय श्रम संगठनको पछिल्लो तथ्यांकअनुसार प्रत्येक वर्ष १२ हजार नेपाली बालबालिका तथा युवतीलाई गैरकानुनीरुपमा ओसार–पसार गरिन्छ ।

भूकम्पपछि महिला तथा बालबालिकाको अवैध ओसार–पसार बढ्नसक्ने सम्भावनालाई ध्यानमा राख्दै विभिन्न १३ ओटा सीमानाकामा राखिएका चेकपोस्ट बढाएर ४० पुर्‍याइएपनि बेचविखन भने नरोकिएको अधिकारकर्मीहरुको भनाइ थियो ।

कार्यक्रममा मानव बेचविखनविरुद्धको अभियानमा सक्रियरुपमा काम गरेको भन्दै भगवती अर्याललाई सम्मान गरिएको थियो ।