Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


सप्तकोसीमा पानीको बहाव वर्षकै उच्च, ब्यारेजका ३३ ढोका खोलिए


0
Shares

नदीमा पानीको बहाव बढेर शुक्रबार दिउँसो प्रतिसेकेन्ड २ लाख ६३ हजार १३३ क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जानकारी दिए ।

शुक्रबार बिहान प्रतिसेकेन्ड २ लाख ५० हजार ४० क्युसेक पानीको बहाव मापन गरिएको थियो ।

भारतको नियन्त्रणमा रहेको सप्तकोसी ब्यारेजका ५६ ढोकामध्ये ३३ ओटामात्र ढोका खुला गरिएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले कोसी प्रभावित क्षेत्रमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली उद्धारका लागि तयारी अवस्थामा राखिएको बताए ।

पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा विगत पाँच दिनदेखि खतराको संकेतस्वरुप रातोबत्ती बालिएको छ ।