
सरकारले गत वैशाख २१ गते राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त दु्रतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको थियो ।
नेपाली सेनाका तर्फबाट इन्जिनीयरिङ विभाग तथा आयोजना प्रमुख उपरथी योगेन्द्रबहादुर खाँण र सडक विभाग मातहत तत्कालीन आयोजना प्रमुख सत्येन्द्र शाक्यबीच बुझ–बुझारथ भई आयोजना हस्तान्तरण भएको घोषणा शुक्रबार (आज) गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
निकै महत्वाकांक्षी आयोजनाका रुपमा रहेको द्रुतमार्ग आगामी चार वर्षभित्र निर्माण गरिने लक्ष्य राखिएको छ ।
आयोजनाको प्रारम्भिक लागत रु एकखर्ब १२ अर्ब अनुमान गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्