कुलेखानी–काठमाडौं र फाखेल–काठमाडौं सडकखन्ड अवरुद्ध भएकाले बिहानदेखि भैंसेस्थित त्रिभुवन राजपथबाट काठमाडौंतर्फको यातायात सन्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी, हेटौंडाबाट गएका यातायातका साधन चिसापानीगढीबाट फर्काइ भीमफेदी हुँदै भैंसेतर्फ लगिएको नारायाणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाइँले जानकारी दिए ।
वीरगन्ज, जनकपुर, चन्द्रनिगाहपुर र हेटौंडा गरी दैनिक करिब ७५० टाटासुमो जिप हेटौंडा, कुलेखानी हुँदै काठमाडौं जाने गर्छन् । रासस










प्रतिक्रिया दिनुहोस्