Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


बाढी पीडितलाई तत्काल उद्धार गरी राहत उपलब्ध गराउनुस् : प्रधानमन्त्री देउवा


0
Shares

फाइल फोटो 

शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण बर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् । सिन्धुलीमा पहिरोमा परी एकैपरिवारका चारको मृत्यु भएको छ ।

प्रधानमन्त्री देउवाले शनिबार बिहानै बाढिपहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखलाई सम्पर्क गरी विपत्को चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत सबै प्रकारको सहयोग प्रदान गर्न निर्देशन दिए ।

बाढी र पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि र तिनका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै प्रधानमन्त्री देउवाले यो विपत्को घडीमा एकढिक्का हुन सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् । रासस