Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


मोरङमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु, तीन जना बेपत्ता


0
Shares

पहिरोले पुरिएर लेटाङ नगरपालिका–१ मालवासेमा ३५ वर्षिया गोपीमाया तामाङको मृत्यु भएको छ ।

त्यसैगरी वक्राहा खोलामा आएको वाढीले बगाउँदा मिक्लाजुुङ गाउँपालिका–२ का ३२ वर्षिय गंगाराम खतिवडाको मृत्यु भएको छ भने लोहन्द्रा खोलाले बगाएर केरावारी गाउँपालिका–९ का ५६ वर्षिय मीनबहादुुर थापाको मृत्यु भएको छ ।

त्यस्तै घरछेउको नालीमा डुुवेर वूढीगंगा गाउँपालिका–६ की ७५ वर्षीया वुुद्धिमाया लिम्वुुको मृत्युु भएको प्रहरीले जनाएको छ ।

उता गछिया खोला र बूढी खोलामा आएको बाढीले बगाएर बलिया खापमा रहेको बृद्ध आश्रमका तीन जनालाई बेपत्ता बनाएको छ ।

यस्तै विराटनगर–४ स्थित आयल निगमको क्षेत्रिय कार्यालयसँगै रहेको विमानस्थल सुरक्षा गार्डको भवन पूर्णरुपमा डुबानमा परेको छ ।

विराटनगर विमानस्थल जाने मूल सडक नै जलमग्न भएपछि विमानस्थल प्रवेशमा रोक लगाइएको छ । मोरङमा हालसम्म झन्डै १५ सय घर डुबानमा परेका छन् ।

वर्षाले विराटनगरका ४, ५, ६, ११ र १२ नम्बर वडा पूर्ण रुपमा डुबेका छन् । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यसैबीच मोरङको जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठकले बाढी प्रभावितहरुलाई उद्दार र राहतलाई तिव्रता दिने निर्णय गरेको छ ।