रौतहटको ७० प्रतिशत बस्ती डुबानमा, अग्ला घरहरुको छतमा आश्रय खोज्दै « Imagekhabar – Online News Portal of Nepal


रौतहटको ७० प्रतिशत बस्ती डुबानमा, अग्ला घरहरुको छतमा आश्रय खोज्दै


0
Shares

देबाहीस्थित लाल बकैया नदीको तटबन्ध भत्किएर बाढी बस्तीमा पस्दा जिल्लाको करिव करिव ७० प्रतिशत बस्ती डुबानमा परेको हो ।

देबाहीमा ३ सयभन्दा बढि बासिन्दा डुबानबाट पीडित बनेका छन् । बाढीबाट जोगिन स्थानीयहरु अग्ला घरहरुमा आश्रय लिइरहेका छन ।

यस्तै, करुनियामा समेत सोही नदीको तटबन्ध भत्किएर बस्तिमा बाढी पस्दा डुबान भएको छ । गरुडा नगरपालिकाका विभिन्न वडा गरी करीब २ सय घर डुबानमा परेका छन् । डुबानमा परी ६० घर भत्किएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

त्यसैगरी, रौतहटकै गुजरा गाउँपालिकाको हरिहरपुर बस्ती पनि डुबानमा परेको छ । बाढीका कारण गौर चन्द्रनिगाहपुर र पूर्व–पश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बन्द रहेको छ ।