
शनिबार (आज) भएको सेमिफाईनलमा आयोजक ‘नव प्रयास युवा क्लव’ ताप्लेजुङलाई १–० गोल अन्तरले पराजित गर्दै ‘चर्च ब्वाइज युनाइटेड क्लब’ फाइनलमा प्रवेश गरेको हो ।
‘चर्च ब्वाइज क्लब’लाई फाईनलमा पुर्याउन राज पौडेलले खेलको ९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा आयोजक टिम ताप्लेजुङले आधा दर्जन बढी अवसर खेर फालेको थियो ।
आजको खेलको ‘म्यान अफ दि म्याच’ ब्याइजका प्रवास गुरुङ भएका छन् । ब्वाइजले आगामी सोमबार सशस्त्र प्रहरीको दमक टीम र ‘सगरमाथा स्र्पोटिङ क्लव’ विराटचोक मोरङबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
आइतबार (भोली) सगरमाथा युवा क्लव विराटचौक मोरङ र सशस्त्र प्रहरीको दमक टीमबीच खेल हुने छ ।
प्रतिक्रिया दिनुहोस्