Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


सीमामा रहेका बाँधको ढोका खोल्न भारतलाई उपप्रधानमन्त्री महराको आग्रह


0
Shares

फाइल फोटो

उपप्रधानमन्त्री महराले नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीलाई शनिबार (आज) टेलिफोनमार्फत बाँधको आवश्यक सबै ढोका खोल्नका लागि भारत सरकारलाई आग्रह गरेका हुन् ।

टेलिफोनमा उपप्रधानमन्त्री महराले शुक्रबारदेखि जारी वर्षाका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै भारतीय पक्षले आवश्यकताअनुसार सीमाका बाँधको ढोका खोल्नका पहल गरिदिन आग्रह गर्नुभएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

डुबानका कारण तराईमा जनधनको क्षति भएको तथा जनजीवन पूर्णरुपमा प्रभावित भएकाले थप क्षति हुन नदिन बाँधको ढोका खोल्न आग्रह गरिएको हो ।

सप्तकोशी, लक्ष्मणपुरलगायत ब्यारेजको ढोका आवश्यकताअनुसार भारतीय पक्षले नखोलिदिँदा नेपालतर्फ डुबान बढ्दै गएपछि मन्त्री महराले सो आग्रह गरेका हुन् । रासस