
राती ११ बजेदेखि राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।
बाढी पस्न सुरु गरेपछि सौराहाका अधिकांस होटल तथा रेस्टुरेन्ट डुबेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।
डुवानमा परेका होटलमा रहेका पर्यटकलाई माथिल्ला कोठाहरुमा राखिएको छ । यस्तै पूर्वी चितवनका विभिन्न स्थान पनि डुबानमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्