प्रसुती गराउन रौतहटको राजपुर फरदहवा स्वास्थ्य चौकी लैजाने क्रममा परोहा गाउँपालिका–३ लौकाका चन्दन यादवको परिवार दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा चन्दनसहित उनकी श्रीमती शर्मिला यादव, छोरी छोटु कुमारी, भतिजा सरोज यादव, भाउजु ललिता देवी र आमा सुमित्रा देवी छन् ।
उनीहरुले भारतीय नम्बर प्लेटको जीप चढेर स्वास्थ्य चौकी जाँदै थिए ।
नहरले शनिबार सय मिटर सडक कटान गरेको स्थान राजपुर फरहदवाबाटै चालकले जीप लैजाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ । जीप चालक भने फरार छन् ।










प्रतिक्रिया दिनुहोस्