एसीसी यु–१९ एसिया कप क्रिकेट छनोटका लागि प्रारम्भिक टोली घोषणा « Imagekhabar – Online News Portal of Nepal


एसीसी यु–१९ एसिया कप क्रिकेट छनोटका लागि प्रारम्भिक टोली घोषणा


0
Shares

नेपाली क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ टिमका प्रशिक्षक विनोद दासले २८ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन् ।

घोषित टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, किशोर महतो, दिपेन्द्र सिंह ऐरी, सन्दिप सुनार, ललित राजवंशी, प्रकाश केसी, पवन सराफ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित थापा मगर छन् ।

यसैगरी शाहब आलम, आदिल खान, आसिफ शेख, विक्रम भुसाल, सन्दिप जोरा, रासिद खान, सुसान्त सिंह थापा, नारद यादव, कमल सिंह ऐरी पनि टोलीमा समेटिएका छन् । यस्तै सुुमित महर्जन, जितेन्द्र सिंह ठकुरी, मिनास थापा, अंकित सुवेदी, हरि चौहान, अभिनास कर्ण, भिम सार्की र रविन्द्र जंग शाही पनि २८ सदस्यीय प्रारम्भीक टोलीमा परेका छन् ।

टोलीको बन्द प्रशिक्षण यही शुक्रबारबाट सुरु हुनेछ ।