
आगामी प्रतिनिधिसभा र प्रदेश सभाका लागि हुने निर्वाचन प्रयोजनका लागि आयोगले मतदाता नामावली संकलन र अध्यावधिक गरिरहेको हो । तर काठमाडौंमा भने मतदाता नामावलीमा नाम दर्ता गराउन पुग्नेहरुले निकै हैरानी खेप्नुपरेको छ ।
निर्वाचन कार्यालयले मतदाता नामावली संकलनको काम व्यवस्थित गर्न नसक्दा सर्वसाधारणले हैरानी बेहोर्नुपरेको छ । कम जनशक्ति परिचालन गरेर काम अघि बढाउँदा नामावली दर्तामा त ढिलाई भएको छ नै, लामो समयसम्म लाग्नुपर्ने लामका कारण पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरु पीडित बन्दै आएका छन् ।
घण्टौं लाम लागेर नाम दर्ता गराउनुपर्ने बाध्यताले सर्वसाधारण आक्रोसितसमेत बन्ने गरेका छन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्