तनहुँ, माघ ८ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा समानान्तर कार्यसमिति गठन गरेको छ ।
मंगलबार दमौलीमा शक्ति प्रदर्शन गर्दै तनहुँ कांग्रेसको विशेष अधिवेशन गरिएको थियो ।
अधिवेशनबाट डिल्लीराम अधिकारीको सभापतित्वमा समानान्तर जिल्ला समिति बनाइएको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै जोशीले कांग्रेसको वर्तमान नेतृत्व इतिहासकै अक्षम भएकाले नेतृत्व परिवर्तन गर्नुपरेको बताए ।









प्रतिक्रिया दिनुहोस्