शेयर बजार ओरालो लाग्यो, बजार परिसूचक ११ अंकले झर्‍यो « Imagekhabar – Online News Portal of Nepal


शेयर बजार ओरालो लाग्यो, बजार परिसूचक ११ अंकले झर्‍यो


0
Shares

बजार परिसूचक नेप्से ११ अंकले झरेर १६ सय ४२ मा आएर थामियो । उत्पादनमूलक र वित्त बाहेक अरु कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च १ सय ४ अंकले झर्‍यो ।

होटल समूहमा पनि ५४ अंकको गिरावट आयो । जलविद्युत समूह २१ अंक र विकास बैंक समूह पनि १८ अंकले ओरालो लागे । अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।

उत्पादनमूलक समूह भने १६ अंकले र वित्त समूह ८ अंकले सकारात्मक रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६० कम्पनीको १९ लाख ६० हजार कित्ता शेयर ८० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।