
रौतहटको दक्षिण भेगका अधिकांश घरहरु डुबानमा परेपछि अन्नपात, लत्ताकपडा, भाडाकुडा सबै नस्ट हुँदा पीडित बनेका उनीहरुले दुई दिनदेखि भोकै बसेको गुनासो गरेका हुन् ।
रौतहटको देबाही गोनाही, कटहरिया, दुर्गाभगबती, ईसानाथलगायत गाउँपालिकाका पूरै घर डुबानमा परेपछि पीडित हुनेको संख्या अधिक रहेको छ ।
अहिले पानी पर्न कम भएपछि डुबानको सतह भने घट्दै गएको छ । सदरमुकाम गौरमा सडक देखिन थालेको छ ।
भारत सरकारले बनाएको बाँध मुसाचकनजिक बाग्मती र फूलबरियानजिक लालबकैयाको बाँध तीन ठाउँमा फुटेपछि रौतहटको गौरलगायतका स्थानमा जमेको पानीको सतह घट्दै गएको हो ।
रौतहटमा बाढी र डुबानले मर्नेको संख्या ११ पुगेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्