वि.सं. १९ सय ५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्यापूजा नेपालमा एकमात्र कन्या पुज्ने पर्व भएको दाबी गरिन्छ ।
कन्याहरुको पूजा गरेमा पुज्नेहरु तथा पुजिने दुवै निरोगी हुने धार्मिक विश्वास रहेको छ ।
काभ्रेका बनेपा, नाला, साँगा, दाप्चा, पनौतीलगायतका स्थानमा कन्याहरु पुजिएका हुन् । बनेपामामात्र ८ हजार कन्याहरु पुजिएको सनानत कन्या पूजा प्रबन्ध समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिए ।
रजस्वला नभएका बालिकाहरुलाई पूजा गर्ने चलन रहेको छ । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुरलगायतका जिल्लाबाट आएकाहरु कन्यापूजामा सहभागी भएका थिए ।
कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्यासमेत मानवकन्याको भेषमा आउने भएकाले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरी माईकी कुमारी मानी पूजा गर्दा पूजा सार्थक हुने जनविश्वास रहेको छ ।










प्रतिक्रिया दिनुहोस्