Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण


0
Shares

                                                                                     फाइल फोटो
सोमबार पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिबारे नेपाली सेना तथा स्थानीय प्रशासनबाट जानकारी लिएपछि प्रधानमन्त्री देउवाले आपत्कालीन सहयोग उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाका साथमा रक्षामन्त्री भीमसेनदास प्रधान, गृहमन्त्री जनार्दन शर्मा तथा अन्य उच्चपदस्थ कर्मचारी छन् ।

प्रधानमन्त्रीसहितको टोली सुनसरी जिल्लाका बाढीपीडितको अवस्था, राहत वितरण, सुरक्षा व्यवस्था र पुनःस्थापनाका लागि भइरहेका कामबारे बुझ्न यहाँ आएको हो ।

इटहरीस्थित पूर्वी पृतना मुख्यालयमा पूर्वाञ्चलका बाढीपीडितको अवस्थाका विषयमा टोलीबाट जानकारी लिने काम भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

टोलीले वर्षा र बाढीबाट प्रभावित भएका र डुबानमा परेका स्थानको हेलिकोप्टरबाट निरीक्षण गरेर पूर्वी पृतनामा पुगेको बताइएको छ ।

यसैगरी, उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्यमन्त्री मीन विश्वकर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्र देवसहितको टोलीले सुनसरी सदरमुकाम इनरुवा क्षेत्रमा बाढीले पु¥याएको नोक्सानीका विषयमा जानकारी लिन सोमबारै अपराह्न आइपुग्ने जानकारी सुनसरी प्रशासनले दिएको छ । रासस