Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


प्राकृतिक प्रकोप नियन्त्रणको कामना गर्दै पशुपतिनाथमा ! (भिडियो)


0
Shares

परिवारको सुख–शान्तिको कामना गर्दै शिवभक्तहरु साउन महिनाभर चोखो खाने र व्रत बस्ने गर्छन् ।

काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दिर सोमबार बिहानैदेखि रंगिन देखिएका थिए । भक्तजनको धुइँचोले मन्दिरको शोभा नै बढाएको थियो ।

भगवान शिवको पूजा–आराधना गर्न भक्तजनहरु लामो समयदेखि लामबद्ध भएर बसेका थिए ।

साउनलाई भगवान शिवको लोकप्रिय महिना मानिन्छ । त्यसमाथि सोमबार भगवान शिवको मनपर्ने बार भएकाले यसको धार्मिक महत्वसमेत बढी हुने गरेको छ ।

साउनभर व्रत बस्ने, चोखो खाने र शिवजीको पूजा–आराधना गर्ने गरिन्छ । घर–घरमा रुद्री पूजा लगाउने, बोलबम जाने प्रचलनसमेत छ ।

साउनमा व्रत बसे परिवारको सुख–शान्ति र श्रीमान्को आयु लामो हुने जनविश्वास छ ।

केही शिवभक्त भने प्राकृतिक प्रकोप नियन्त्रणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पुगेकासमेत भेटिए ।

प्राकृतिक प्रकोपमात्र होइन, कतिपयले देशकै सुख, शान्ति र अमनचयनको कामनासमेत गरेका थिए ।

भिडियो हेर्नुहोस्