Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


भोलिदेखि मौसममा सुधार हुने, ‘अविरल वर्षाको सम्भावना छैन’


0
Shares

मौसमविद्हरुले अविरल वर्षा गराउने न्युन चापीय मनसुनी प्रणाली कमजोर बन्दै गएको र पूर्वी भेगबाट मौसममा क्रमश सुधार भइरहेकाले मंगलबार (भोलि)देखि पूर्ण रुपमा मौसममा सुधार आउने बताएका हुन् ।

मौसमविद् सुवास रिमालले न्युन चापीय मनसुनी प्रणाली चुरे क्षेत्रबाट विस्तारै दक्षिण भेगतिर लागेकोले क्रमश सुधार हुँदै जाने बताए । रिमालका अनुसार आंशिक बदली भई सामान्य वर्षा भएपनि अविरल वर्षा हुने सम्भावना देखिदैन ।

गत शुक्रबारदेखि परेको अविरल बर्षाले देशका विभिन्न भागमा बाढी पहिरो आउँदा जनधनको ब्यापक क्षति भएको छ ।