काठमाडौं, माघ ८ । संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित तीनजना राजदूतको नाम सर्वसम्मतिले पारित गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले स्वीट्जरल्यान्डका लागि मणि भट्टराई, क्यानडाका लागि भृगु ढुंगाना र कुवेतका लागि दुर्गा प्रसाइँको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
यसअघि, गत बिहीबारको संसदीय सुनुवाइ समितिको बैठकले थाइल्यान्डका लागि प्रस्तावित राजदूत गणेश ढकाल र फ्रान्सका लागि प्रस्तावित दीपक अधिकारीको नाम सर्वसम्मतिले पारित गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्